झिनो अंकले घट्यो नेप्से, कारोबार ६९ करोडमा सीमित

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६ बिन्दुमा कायम भएको छ ।

अघिल्लो दिन आइतबार मात्रै १९.०९ अंकले घटेको बजारमा आज २३ लाख ३६ हजार ६२५ कित्ता सेयरको खरिदबिक्री हुँदा बजारमा ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ रुपैयाँ को कारोबार भएको छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा आत्मानिर्भर लघुवित्त वित्तीय संस्था, सनराइज् डेबेन्चर २०८०, गुराँस लघुवित्त वित्तीय संस्था र पिपुल्स पावर लिमिटेड रहेका छन् ।

सबैभन्दा घाटामा सित गंगा हाइड्रोािवर एण्ड कन्सट्रक्सन लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था, नयाँ सारर्थी लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था रहेका छन ।

मंगलबार बजार पुँजीकरण भने २७ खर्ब १९ करोड रुपैयाँ रहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *