व्यवसायीहरुलाई उद्योगमन्त्रीको आह्वान- उद्योग उकास्न सरकारलाई सहयोग गर्नुस्, भागेर हुँदैन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग क्षेत्रमा संकट आउन नदिन उद्योगीहरुको सहयोगको आवश्यकता रहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा मन्त्री रिजाललाई अध्यक्ष पवन गोल्यान नेतृत्व बैंक तथा वित्तीय संस्था परीसंघको टोलीले भेट गरेको थियो । भेटका क्रममा मन्त्री रिजाललाई परीसंघ टोलिले उद्योग क्षेत्रमा रहेको विभिन्न समस्याको बारेमा जानकारी गराएको थियो ।

बैंकिङ जस्ता क्षेत्रमा धेरै पैसा लक भएको भन्दै मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरीदिन आग्रह गर्दै परिसंघ टोलीले उक्त रकम उद्योग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दिएको थियो ।

मन्त्री रिजालले उद्योग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उद्योग क्षेत्रलाई बचाउँका लागि सरकारलाई उधोगीहरुको साथ र सहयोगको आवश्यकता रहने बताए । मन्त्री रिजालले भने, ‘सरकारलाई दोष दिदै भाग्ने हैन, आएर सहयोग गर्नुस् ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *