बर्दिबासका बागी मेयर प्रल्हाद क्षेत्री एक वर्षपछि कांग्रेसमै फर्किए

काठमाडौं । एक वर्षअघि स्वतन्त्र प्यानल खडा गरेर कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई पराजित गरेका बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्री नेपाली कांग्रेसमा फर्किएका छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकामा उनले पार्टीबाट टिकट नपाएपछि विद्रोह गरेर मेयर,उपमेयरसहित बहुमत वडाध्यक्ष आफ्नो प्यानलबाट जिताएका थिए ।

शनिवार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आयोजित एक कार्यक्रममा मेयर क्षेत्री पार्टीमै फर्किएका हुन् । उद्योगमन्त्री रमेश रिजालको पहलमा उनी कांग्रेसमा फर्किएको बताइएको छ ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेपछि कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। त्यतिबेला उनी पार्टीको महाधिवेशन प्रतिनिधि थिए।

स्वतन्त्र उम्मेदवारी दिएका क्षेत्रीको समूह मेयर, उपमेयरसँगै बर्दिबास नगरपालिकाको चारवटा वडामा विजयी भएको थियो। उनले जेब्रा चिन्ह लिएर चुनाव लडेका थिए ।

क्षेत्रीलाई पार्टीले साबिककै जिम्मेवारी दिने बताएको छ ।

Comments

One response to “बर्दिबासका बागी मेयर प्रल्हाद क्षेत्री एक वर्षपछि कांग्रेसमै फर्किए”

  1. ksp pyl Avatar
    ksp pyl

    इज्जत, इमान नभएकाहरू जे पनि गर्छन् । यस्तालाई किन जिताउँछन जनता ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *