सबै उद्घाटन कार्यक्रम भ्याउने प्रधानमन्त्री संसदप्रति गम्भीर बनेनन् : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकार संसदीय मान्यताप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको अन्तिम दिन संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल अनेकौँ उद्घटन गर्न भ्याएपनि संसदमा नआएको कारणले प्रभावकारी नभएको बताए ।

संसदीय समिति गठनमा सरकार गम्भीर नहुँदा कानून निर्माणको काम अलपत्र परेको आरोप लगाए । उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको हैसियतले जनता र मुलुकको पक्षमा सक्दो आवाज उठाएका छौं। त्यसमा हामी सन्तुष्ट छौं ।’

उनले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता हुँदा शेरबहादुर देउवा नआएकै कारणले ओलीले अध्यादेश ल्याउन बाध्य भएको स्मरण गरे । संवैधानिक नियुक्ति सन्तुलित होस् भनेर नै प्रमुख प्रतिपक्ष दललाई पनि राखेको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *