सिके राउतलाई जसपाको जवाफ- हार स्वीकार्न नसकेपछि बुथ कब्जा गरेको आरोप लगाए

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले बारा २ को उपनिर्वाचनको कुनै धाँधली नभएको प्रष्ट पारेका छन्।

जममत पार्टीका अध्यक्ष डा. सिके राउतले सत्ताको दुरुपयोग गरेर धाँधली गरेर जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताएको आरोप लगाएपछि उनले त्यसको जवाफ फर्काएका हुन्।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा उनले बारामा अहिलेजस्तो शान्तिपूर्ण निर्वाचन कहिल्यै नभएको बताए। यादवले अन्य दलले हार स्वीकारेपनि सिके राउतले हार स्वीर्कान नसकेको आरोप लगाए।

उनले भने, ‘कुनै धाँधली भएको छैन। जुन जुन बुथमा उहाँले धाँधली भयो भन्नुभयो। उहाँहरुले रौतहटबाट जनमतका पत्रकार बोलाएर हल्ला गराउनुभएको हो। उहाँहरुले कब्जा गरेको आरोप लगाएको ठाउँमा जसपा र कांग्रेसको राम्रो मत छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *