भर्खरै सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र डा. स्वर्णीम वाग्ले अत्यधिक मत सहित विजयी भएका छन् । यो जितले ठूला राजनीतिक दलहरूलाई चुनौती थपिएको छ । ठूला दलहरूले आफ्ना भोटरमात्रै होइन पार्टीकै विभिन्न तहमा रहेर काम गरेका अगुवा कार्यकर्ताहरूको मत जोगाउन सकेनन् ।
त्यसको गतिलो उदाहरण तनहुँको व्यास, आँवुखैरेनी र चितवनको इच्छाकामना गाउँपालिकाको मत हेरे पुग्छ । पार्टी सदस्यको संख्याभन्दा कम मत ठूला दलको उम्मेदवारले पाएका छन् ।
ठूला र स्थापित राजनीतिक दलका नेताहरूप्रतिको वितृष्णा उपनिर्वाचनको नतिजासँगै प्रष्ट देखिएको छ । यो निर्वाचनको परिणाम हेर्दा मतदाताहरूमा राजनीतिक वितृष्णा र नयाँले केही गर्छन् कि भन्ने आश जागेको देखिन्छ । यसलाई नयाँ दलहरू र केही वर्गले मतदाता सचेत र विवेकी बनेको विश्लेषण गर्न थालेका छन् । यद्यपि यो नतिजा आगामी निर्वाचनमा कायम रहला वा नरहला त्यो हेर्न बाँकी नै छ ।
रास्वपाको विजय यात्रामा गठबन्धनका बलिया उम्मेदवार समेत प्रभावविहीन बन्न पुगेका छन् । गठबन्धनको नाममा जनताले न पार्टीको ह्वीप मानेका छन्, न त सैद्धान्तिक मान्यता नै । ठूला दलहरूको परम्परागत गढ जोगाउन भनेर उनीहरूको भरियामात्र बन्न असहमत देखिएका छन् ।
रास्वपा परीक्षणकालमा छ । जनताले गरेको विश्वास र भरोसालाई तोड्ने छैन अहिलेलाई त्यति अपेक्षा गरौं । सत्ताको खेलमा अंकगणिततिर लाग्नेतर्फ नसोचोस् । खवरदारी र सचेत बनाउने गरी बलियो प्रतिपक्ष बनोस् । अंकगणितले सत्तामै पुगिहाले पनि जनतासँग बाचा र प्रतिवद्वतालाई नभुलोस् । कामना गरौं ।
गठबन्धनको नाममा चार-चार जना पूर्वप्रधानमन्त्रीहरू, ठूला दलका प्रमुख नेताहरूले राज्यस्रोतबाट हेलिकोप्टर र गाडीका लावास्कर लिएर गएर बोल्दा पनि जनताले नेपाली ठूला राजनीतिक दल र त्यसका नेता कार्यकर्तालाई प्रष्ट सन्देश दिएका छन्- अब भाषण र विगतको विरासतको व्याज हैन जनताको पक्षमा काम गर्ने क्रियाशील नेतृत्व आवश्यक छ ।
दल र दलका नेताहरूको कार्यशैली, हरेक समय पुरानै अनुहार, उही एजेण्डा अनि आशामात्र देखाउने प्रवृत्तिले गर्दा जनताहरू निराश भएका छन् । विगतमा गरेको कामप्रतिको वितृष्णा र भविष्यप्रतिको आशाले गर्दा जनताले नयाँ व्यक्तिलाई रोजेका छन् । जुन नतिजा आएको छ त्यसले ठुला दलभित्र पनि उम्मेदवार कस्तो छनौट गर्ने भन्ने बहसलाई उब्जाएको छ ।
कांग्रेस, एमाले र माओवादीका युवा पंक्तिले सामाजिक सञ्जालयमा सच्चिने कि सक्किने प्रश्न आफ्ना नेतृत्वलाई तेर्स्याइएका छन् । जसबाट उपनिर्वाचनको नतिजाले पुराना राजनीति दलभित्र युवा पुस्तालाई सचेत र नेतृत्वप्रति प्रश्न गर्न सक्ने हिम्मत जुटाएको बुझ्न सकिन्छ ।
पुराना दल असक्षम त्यो पनि होइन । तर, जनताका आशा र अपेक्षालाई सम्बोधन गर्न नसकेकै कारण अपेक्षित नतिजा ल्याउन सकेनन् । ६४ सालमा माओवादीले ल्याएको बहुमत, ७४ मा वाम गठबन्धनले ल्याएको करिब-करिब दुईतिहाइ बहुमत सीट र ७९ मा गठबन्धनले ल्याएको मत जनताको आशा, भरोसा र विश्वासको मत थियो ।
ठूला र स्थापित राजनीतिक दलका नेताहरूप्रतिको वितृष्णा उपनिर्वाचनको नतिजासँगै प्रष्ट देखिएको छ । यो निर्वाचनको परिणाम हेर्दा मतदाताहरूमा राजनीतिक वितृष्णा र नयाँले केही गर्छन् कि भन्ने आश जागेको देखिन्छ । यसलाई नयाँ दलहरू र केही वर्गले मतदाता सचेत र विवेकी बनेको विश्लेषण गर्न थालेका छन् । यद्यपि यो नतिजा आगामी निर्वाचनमा कायम रहला वा नरहला त्यो हेर्न बाँकी नै छ ।
तर, जनमतको कदर पटक्कै हुन सकेन । दुई-तीन महिनामा सत्तारोहण र सत्ताच्यूतको खेलले आजित बनेका मतदाताले यो पटक रास्वपालाई परीक्षण गरेका छन् ।
पुराना दलभित्र पनि राम्रा र योग्य अनुहार पक्कै छन् । तर, बा र दाइ अनि सुप्रिमो प्रवृत्तीकै कारण पछि परिने गरेको दलभित्र आवाज उठ्दै आएको छ । जुन अझ पेचिलो अब बन्नेछ । कांग्रेसका विभिन्न जिल्लाका प्रभावशाली नेताले पार्टी छाडेर त्यसको संकेत गरेका छन् ।
रास्वपा परीक्षणकालमा छ । जनताले गरेको विश्वास र भरोसालाई तोड्ने छैन अहिलेलाई त्यति अपेक्षा गरौं । सत्ताको खेलमा अंकगणिततिर लाग्नेतर्फ नसोचोस् । खवरदारी र सचेत बनाउने गरी बलियो प्रतिपक्ष बनोस् । अंकगणितले सत्तामै पुगिहाले पनि जनतासँग बाचा र प्रतिवद्वतालाई नभुलोस् । कामना गरौं ।
जनताले खोजेको विकास र परिवर्तनका लागि ठूला राजनीतिक दलहरूले आफूलाई सच्याउन् । कमजोरीलाई सुधार गरुन् अन्यथा यही लहरले अर्को निर्वाचनमा ठूला दलहरूलाई नराम्रो धक्का लाग्नेछ ।

Leave a Reply