हर्क साम्पाङका समर्थकलाई पूर्व मेयर मेन्याङबोको चुनौती: भ्रष्टाचार गरेको प्रमाण देखाउ

काठमाडौं । धरानका पूर्वमेयर तथा गत चुनावमा खरायो चिन्हबाट स्वतन्त्र उमेदवार बनेका मनोजकुमार मेन्याङ्बोले हर्क साम्पाङ समर्थकलाई भ्रष्टाचार गरेको प्रमाण देखाउन चुनौती दिएका छन् ।

आज बिहानै सामाजिक सञ्जालबाट एक पोस्ट गर्दै मेन्याङ्बोले यस्तो चुनौती दिएका हुन् । मेन्याङ्बोको नेतृत्वमा बनेको धरान घण्टाघरको व्यवस्थापन समिति अध्यक्ष मेन्याङबो नै थिए। २०७९ असोजबाट घण्टाघर स्थानीय सरकार मातहत आएको थियो।

स्थानीय सरकार मातहतमा आएपछि हालसालै मेयर हर्क साम्पाङले ठाडो आदेश दिएर पुराना कर्मचारी हटाएर आफ्ना आफन्त नियुक्ति गरेको थिए। याक्थुम्बा मेन्याङबोलाई हटाएर साम्पाङले आफ्ना ज्वाइँ पर्ने अभिषेक राई र जेठान पर्ने अर्जुन भुजेललाई नियुक्ति दिएपछि मेन्याङ्बो आक्रोशित भएका हुन् ।

१७ वर्ष काम गरेका कर्मचारी हटाउने देखि करार कर्मचारीलाई ज्यालादारीमा घटुवा समेत साम्पाङले गरेका थिए । यो कुरामा मेन्याङबोको आपत्ति थियो । हर्क साम्पाङ समर्थकले भने मेन्याङबोले भ्रष्टाचार गरेको भन्दै सार्वजनिक आरोप लाउन थालेपछि मेन्याङबोले सार्वजनिक रूपमा भ्रष्टाचार प्रमाणित गर्न चुनौती दिएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मेयर हर्कका केही झोलेहरुले मेरो सम्पत्ति छानबिन को माग मेयर सामु राखेका रहेछन् । म चुनौती दिन चाहन्छु मेरो सम्पतिमा सार्बजनिक पद धारण गरेर र सामाजिक सेवाका नाममा पद प्रतिष्ठा र हैसियतको दुरुपयोग गरि भ्रस्टाचार गरेको एक रुपिया मात्र प्रमाणित गरेर देखाउ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *