गण्डकीका मुख्यमन्त्रीले आज शपथ लिँदै, भागबण्डा नमिल्दा मन्त्रीको टुंगो अझै लागेन

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको शपथ आज हुँदैछ । दिउँसो नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको साढे १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिनेछन् । तर, अहिलेसम्म मुख्यमन्त्रीसँगै कुनकुन मन्त्री बन्ने टुंगो लागेको छैन ।

भागबन्डा नमिल्दा कुनकुन मन्त्री बन्ने टुंगो लागेको छैन । ‘केन्द्रमा बैठक बस्दै छन्, जे टुंगो लाग्छ, त्यहीँअनुसार अगाडि बढ्ने हो, एक सांसदले भने ।

कांग्रेसमा पनि मन्त्री बन्ने आकांक्षीको लर्को छ । माओवादीलाई कति मन्त्रालय दिने टुंगिएको छैन । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पनि एक / एक मन्त्रालय दाबी गरिरहेका छन् । माओवादी केन्द्रले ३ मन्त्रालय दाबी गरेको छ । मुख्यमन्त्री पाण्डे केन्द्रबाटै भागबन्डाको टुंगो लगाउन चाहन्छन् ।

उनलाई बिहीबार प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका थिए । नेता पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

Comments

One response to “गण्डकीका मुख्यमन्त्रीले आज शपथ लिँदै, भागबण्डा नमिल्दा मन्त्रीको टुंगो अझै लागेन”

  1. KB Gurung Avatar
    KB Gurung

    terima toori ho palai palo mantri banne?yo mula pradesh kharej garnu parxa….

Leave a Reply

Your email address will not be published. Required fields are marked *