धनुषाको ज्यामिरे खोलाको किनारमा एक युवक मृत फेला

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका १ स्थित ज्यामिरे खोलाको किनारमा एक युवक मृत फेला परेका छन् ।

अन्दाजी २६÷२७ वर्षीय युवक मृत फेला परेका हुन् । उनको पहिचान खुल्न सकेको छैन । ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरीले मृतक युवकको शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको छ ।

गहुँगोरो, पातला शरिर, सेतो रंगको गन्जी, कलेजी रंगको कट्टु लगाएको तराईबासी जस्तो देखिने व्यक्ति मृत फेला परेकाले पहिचान गर्न सक्ने व्यक्तिले सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *