किष्ट अस्पतालमा गरियाे पहिलो कलेजो प्रत्यारोपण

काठमाडौं । किष्ट शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको छ ।

सोमबार अस्पतालले ‘मल्टी डिस्पिलिनरी अपरोच’ अन्तर्गत नेपाल तथा भारतका वरिष्ठ ‘ट्रन्सप्लेन्ट सर्जन, गेस्ट्रो एनिथिसिओलोजी, ट्रान्सप्लेन्ट हिपाटोलोजिस्ट, ब्लड बैंक, अपरेसन थिएटर, रेडियोलोजी तथा नर्सिङ गरी ४० जना परिचालन गरी पहिलोपटक कलेजो प्रत्यारोपण गरेको हो ।

१५ घण्टा लगाएर गरिएको शल्यक्रियामा कलेजो ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिकाका दम्पती रहेको जनाइएको छ ।

शल्यक्रियामा इन्द्रप्रस्थान अपोलो अस्पतालका डा. निरभ गोयल, डा. अरुणकुमार भेनुथुरिमिल्लि र डा. सञ्जीव अनेजा रहेका थिए । किष्टबाट डा. मुकुन्दराज जोशीको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ ।

शल्यक्रिया प्रक्रिया जटिल हुनुका साथै खर्चिलोसमेत रहेको र राज्यले कडा रोगको सूचीमा कलेजो रोगलाई समावेश नगरिएकाले कलेजो रोगीलाई आर्थिक रुपमा मर्का पर्ने गरेको अस्पतालको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *