पुरानो दलहरु भनेर भाष्य खडा गरेकोप्रति एमाले सांसदको आपत्ति (भिडिओ)

काठमाडौं । नेकपा एमालेको सांसद ईश्वर बहादुर रिजालले एमालेलाई पुरानो दल भनेर एउटै घानमा नहाल्न आग्रह गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पुरानो दलहरु भनेर भाष्य खडा गरेकोप्रति आपत्ति जनाए।

उनले भने, ‘सौर्यमण्डलमा धेरै ताराहरु जन्मिने र बिलाउने गर्छन्। सूर्य आयूमा पुरानो होला तर, त्यसको काम कहिले पुरानो भएको छैन। त्यसले दिने उज्यालो र तातो दिने काम कम भएको छैन। इतिहासमा केही कमजोरी गरेको छ भनेर त्यसको एक्लै जवाफ दिन तयार छ।’

इतिहासमा गरेका राम्रा काम र अरुले गरेको नराम्रो काममा मिसाएर भन्न नमिल्ने बताए। एमाले मिसन, भिजनमा अहिले पनि नयाँ रहेको जिकिर गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *