गाईवस्तुभन्दा जहाजको गोठालो गर्न गाह्रो रहेछः पर्यटनमन्त्री किराँती

काठमाडौं । पर्यटनमन्त्री सुदन किराँतीले हिजो सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसले सिंगै देशलाई राहत दियो । सो स्टाटस काठमाडौंबाट उडेको फ्लाइ दुबईको विमानबारे थियो ।

उड्नासाथै समस्यामा परेको विमानबारे सबै जनता चिन्तामा परिरहेका बेला मन्त्री किराँतीले विमान सुरक्षितरुपमा गन्तव्यतर्फ लागेको सन्देश दिएका थिए । विमानका बारेमा उनले दिएको सोही सन्देश अन्तमा आधिकारिक सावित भयो ।

यस विषयमा मन्त्री किराँतीले आज सामाजिक सञ्जालमा रोचक स्टाटस लेखेका छन् । उनले जहाजको निगरानी गर्ने कार्यलाई गाउँमा गाईं भैंसीको गोठालो जानुसँग तुलना गरे ।

उनले लेखेका छन्, ‘गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज सहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ ।’

मन्त्री किराँतीले विमानमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको पनि उल्लेख गरेका छन् । उनले नकारात्मक हल्ला गर्ने बानी सबैले छाड्न आग्रह गरेका छन् ।
‘कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ’ उनले लेखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *