फ्लाई दुबईकाे जहाजमा उड्नासाथ समस्या आएपछि त्रिभुवन विमानस्थलमा फाेर्स ल्याण्डिङकाे तयारी

काठमाडौं । काठमाडौंबाट दुबई उडेको फ्लाई दुबईकाे  जहाजकाे इन्जिनमा समस्या आएकाे छ ।  काठमाडाै‌ंबाट उड्नासाथ  फ्लाई दुबईकाे जहाजमा  इन्जिनमा  समस्या आएकाे हाे  ।

१२० नेपालीसहित १६७ जना यात्रु बाेकेकाे फ्लाई दुबईकाे जहाज त्रिभुवन विमानस्थलमा फाेर्स ल्याण्डिङकाे तयारी भइरहेकाे छ ।

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डिआइजी लालमणी आचार्यले राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको जानकारी आएको र केहीबेरअघि सम्म ललितपुरको आकाशमा देखिएको बताए ।

विमानस्थलमा एम्बुलेन्स  र दमकलसहित तयारी अवस्थामा राखिएकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *