काठमाडौं । सन्दीप लामिछानेविद्धको मुद्दाको फैसलाका लागि सोमबार काठमाडौं जिल्ला अदालतमा तोकिएको पेशीमा सुनुवाइको सम्भावना बढी देखिएको छ ।
प्रतिवादी र सरकारी दुवै पक्षले स्थगित नगरेपछि सुनुवाइ हुने देखिएको हो । न्यायाधीश दीपक ढकालको इजलासमा उक्त मुद्दाको पेशी चौथो नम्बरमा चढेको छ ।
अहिले २ नम्बरको मुद्दाको सुनुवाइ भइरहेको छ । यसअघि जाहेरवाला पक्षले बाँकी रहेका दुई जना सरकारी साक्षीको बकपत्र गर्न माग गरेपछि फैसलाको सुनुवाइ धकेलिएको थियो ।

Leave a Reply