काठमाडौं । नेकपा एकीकृत समाजवादीको सम्मानित नेता झलनाथ खनालले नेतृत्वमा दक्षिणपन्थी भड्काउँमा पुगेकै कारणले कोही राप्रपा र कोही कांग्रेससँग अग्गालो मार्न पुगेको बताएका छन् ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एसले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विचार गोष्ठीमा बोल्दै अहिले पनि संसदमा वामपन्थीहरुको बहुमत भएपनि दक्षिणपन्थी भड्काउको कारणले ध्यान नदिएको टिप्पणी गरे ।
उनले एमाले र माओवादी केन्द्रबीचको एकता सत्ता स्वार्थका लागि ओली र प्रचण्डबीच टाउँको जोडेको टिप्पणी गरे ।
उनले भने, ‘एकाध व्यक्तिको महत्वाकांक्षले गर्दा अहिले देशले दुख पाइरहेको छ। एकआपसमा टाउको जोडेर एकता हुँदैन । २०७५ साल जेठ ३ गते भएको एकता भएको थियो । त्यो टाउको जोडेर भएको एकता हो त्यसरी हुँदैन । त्यो बालुवाटारमा पुग्न गरिएको एकता हो । तर, पनि हामीले कम्युनिष्ट एकतामा बदल्ने प्रयास गरेपनि सकेनौं ।’
पार्टी एकता गर्दा लक्ष्य, सिद्धान्तलाई मिलाएर आधारभूत रुपमा गर्नुपर्ने बताए ।

Leave a Reply