बारामा प्रहरी प्रशासनको आडमा गठबन्धनले धाँधली गर्‍यो : एमाले उम्मेदवार पौडेल

बारा । बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै पौडेलले केही ठाउँमा सुरक्षाकर्मी नै गठबन्धनको पक्षमा मतदान गराउने कार्यमा लागेको भन्दै आपत्ति जनाएका हुन् ।

पौडेलले लेखेका छन्, ‘ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, इनरवा, सनफुलवा, सिञ्चाईलगायत वुथहरूमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउनेजस्ता धाँधलीका रूपहरू नाङ्गोरूपमा देखिइरहेका छन् ।’

उनले यी गतिविधिले गठबन्धन सरकारको चरित्र प्रष्ट पारेको भन्दै यस्ता गतिविधि रोक्न र निष्पक्ष गराउन माग गरेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *