संसदीय व्यवस्था असफल भइसक्यो, नयाँ ढंगबाट जान छलफल गर्न खुला छौं : विप्लव (भिडिओ)

काठमाडौं । नेकपाका महाचिव नेत्रविक्रम चन्द्र विप्लवले नेपाली कांग्रेस समाजवादको कुरा सुन्नेवित्तिकै तर्सिने गरेको टिप्पणी गरेका छन्।
कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै दलाल पूँजीवाद अजिङ्गरको रुपमा आउँन लागेको बताए। आफ्नो जिवनको अन्तिम समयसम्म दलाल पूँजीवादमा धुलोमा मिलाउनेगरी लाग्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘समाजवाद आयो भने नेकपाका पार्टीले मात्रै शासन गर्ने होइन। समाजवाद आयो भने हाम्रो पार्टी र हामीसँग मोर्चाबद्ध भएकाले सत्ता चलाउने होइन। समाजवाद सबै जनताको लागि आउने कुरा हो। विदेशीहरुको तलुवा चाटेर आफ्नो देशलाई बेच्न तयार भएर भएर बसेका दलालहरुलाई त्यो अधिकार हुँदैन।’

उनले कांग्रेसलाई भोट हाल्ने २५ लाख जनतालाई रोजीरोटी चलेको छ? भन्दै प्रश्न गरे। नेपालमा वैज्ञानिक समाजवाद ल्याउन सके विदेशीको गुलामी हुन नपर्ने बताए।

संसदीय व्यवस्था असफल भइरहेकाले नयाँ ढंगबाट छलफल गर्न आफूहरु खुला रहेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *