माधव नेपालको आह्वानः अलग-अलग पसल थापेर फाइदा छैन, विचार मिल्नेहरुबीच मोर्चाबन्दी गरौं (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीहरु एकजुट हुन सक्नु दुःखद् भएको बताएका छन्।

काठमाडौंमा शनिबार कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट पार्टीहरुबीच गहन छलफलको आवश्यकता भएको बताए।

उनले भने, ‘कम्युनिष्ट पार्टीहरु यति धेरै छन् भने तिनिहरु किन मिल्न सक्दैनन्? बसेर छलफल गर्न सक्दैनन्? विषयहरुको बारेमा गहन विश्लेषण गदैनन् ? आफ्ना कमिकजोरी खोजेर सुधार गर्न सक्दैनन्  ? आपसमा एकता गर्न सक्दैन भने सिंगो देशलाई कसरी एकता गर्लान्?’

कम्युनिष्ट पार्टी भ्रष्ट, व्यक्तिवादी र सत्तामा पुगिसकेपछि अहंकारको प्रवृत्ति बढ्ने गरेको बताए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै सत्तामा पुगेपछि अरुलाई अपमान गर्ने गरेको टिप्पणी गरे।

उनले भने, ‘हामी अलग अलग बस्दा शक्ति छरिएको हुन्छ। त्यसले गर्दा प्रतिक्रियावादीहरुले अवसर पाउँछ। त्यसकारण हामी मिल्नुपर्छ। एकैठाउँमा आउँनुपर्छ। हामीले सोचिरहेका छन्। देश र जनताको साझा बिषयमा सहकार्य गर्दै जाँदा एउटा मोर्चा बनाऔं। मोर्चा बनाएर देशमा हामीले एउटा तरङ्ग पैदा गरौं।’

उनले विचार र भावना मिल्नेहरुबीच पार्टी एकता गरेर जान सकिने बताए। अलग अलग पसल थापेर बसेको केही फाइदा नभएको बताए।

Comments

One response to “माधव नेपालको आह्वानः अलग-अलग पसल थापेर फाइदा छैन, विचार मिल्नेहरुबीच मोर्चाबन्दी गरौं (भिडिओ)”

  1. badri prasad timilsina Avatar
    badri prasad timilsina

    घर डडायर खरानी दलेर कम्युनिस्ट एकता हुन सक्दैन प्रतिकृयाबादिको सेबक बाहेक।ढिलो चाडो प्रयिकृयाबादिको सेवकलाइ पाखा लगायर पनि एक हुनुको बिकल्प छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *