खोटाङ । खोटाङमा गाडीबाट खसेर एकजनाको मृत्यु भएको छ ।
शुक्रबार राति गाडीबाट खस्दा जन्तेढुङ्गा-३ का ३८ वर्षीय दिनेश राई मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङका अनुसार शुक्रबार राति दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा. ३ ख ३४४१ नम्बरको बसबाट खसेका राईको उपचारको क्रममा मृत्यु भएको हो ।
उनका अनुसार सडकमा खरायो देखेर समाउन झर्न खोज्दा लडेर घाइते भएका थिए । राईको खोटाङ बजारस्थित स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

Leave a Reply