पोखरा । कास्कीमा फोहोर पुर्न प्रयोग गरिएको डोजरले किचेर एकजनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा फोहोर पुर्ने ग १ ग १३४ नम्बरको डोजरले च्यापिएर बिहीबार चालक ६० वर्षीय मुसाफिर दास तत्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
फोहोर पुर्न डोजर चालु अवस्थामा राखेर चालक तत्मा डोजर अगाडि पुगेका थिए । स्टार्ट भइराखेको डोजर अगाडि बढ्दा चालकलाई पेलेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
Leave a Reply