प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । आसन्न उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार पूर्वप्रधानमन्त्रीहरूसहित नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायतको क्षेत्रमा गएको र चुनावी सभामा भाषणको क्रममा गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए मन्त्री, मुख्यमन्त्री बनाउनेजस्ता अनूचित प्रभाव पारेको भन्दै कारबाहीको माग गरेका छन् ।

‘यसरी गठबन्धनको उम्मेदवारको प्रचार प्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बहानामा सेनाको हेलिकप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उम्मेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण गराउन चाहन्छौं ‘, आयोगसमक्ष पेश गरिएको उजुरीमा लेखिएको छ ।

 

Comments

2 responses to “प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी”

  1. nagendra Avatar
    nagendra

    ‘गठबन्दन’ सामुहिक बलत्कारी हो र देश माथि, नेपाल आमा माथि यसले सामुहिक बलत्कार गरिरहेको छ !!
    अनि खुल्ले आम भन्दै हिड्छ, बलत्कारी हुँ, बलत्कार गर्छु, बलत्कार गर्न देउ गरिरहन्छु, गर्न पाउनु पर्छ !!
    यो जस्तो राजनितिक बिछ्रिन्खलता र नैतीकहिन काम केही हुन्न र कहिँ हुन्न :: यस्तै पात्र सधैं बलिया भै रहने हो !?!?

  2. Kundan Avatar
    Kundan

    Karbahi garne kasle..yehi ho power ko durupayog

Leave a Reply

Your email address will not be published. Required fields are marked *