विद्वानकाे दाबी- स्वर्णिमभन्दा गाेविन्द यसकारण अब्बल

काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले स्वर्णिम वाग्लेभन्दा गाेविन्द भट्टराई राम्राे भएकाे दाबी गरेका छन् ।

आसन्न उपनिर्वाचन सन्दर्भमा तनहुँ निर्वाचन क्षेत्र नं. १ को बृहत तरुण भेलालाई सम्बाेधन गर्दै उनले भने, ‘जुन बेला स्वर्णिम वाग्ले डलर खेतीमा लागेका थिए त्यस बेला यस ठाउको गोबिन्द भट्टराई तनहुबासीलाई पानी खुवाउन तल्लीन थिए ।’

शालीन व्यक्तित्व रहेका भट्टराई कुनै अर्को ठाउँबाट आएर चुनाव लड्न नआएको कुरा बताउँदै अध्यक्ष गुरुङले उनी यसै ठाउँमा जन्मिएर, हुर्किएर तनहुँको विकासको लागि आफूलाइ समर्पित गरेको हुनाले वैशाख १० गतेको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार गोबिन्द भट्टराईलाई अत्यधिक मतले जिताउन आग्रह गरे ।

गुरुङले भ्रष्टाचारमा नमुछिएको व्यक्ति केही पनि विवादमा नपरेको व्यक्ति विद्यार्थी कालदेखि नै भट्टराई राजनीतिमा लागेका व्यक्ति हो भनी भने ।

विभिन्न आन्दोलनमा आफ्नो योगदान दिएको यो ऐतिहासिक जिल्ला तनहुँबाट देशले राष्ट्रपति पाएको कुरा बताउँदै अध्यक्ष गुरुङले छिट्टै नै तनहुँ क्षेत्र नं. १ ले उम्मेदवार भट्टराईलाई सांसदको रुपमा पाउने विश्वास व्यक्त गरे ।

 

 

Comments

2 responses to “विद्वानकाे दाबी- स्वर्णिमभन्दा गाेविन्द यसकारण अब्बल”

  1. डा. शमोला भुसाल Avatar
    डा. शमोला भुसाल

    यस्तो झुक्याउने खालको हलुका सूचना सम्प्रेषण गरेर नेपालप्रेस जस्तो लाई सुहाउने कुरा पटक्कै भएन। नाम विद्वान राखेर कोइ विद्वान हुँदैन र यसरी पछार्ने नियतले समाचार बनाएको प्रतीत हुन्छ। यस्तै अफवाह फैलाउने खालको समाचार बन्न जान्छ र विश्वासको खडेरी हुन्छ। के अब म पनि नेपाल प्रेस नखोलौ नपढौ? एक शुभचिन्तकको नाताले समय दिएर लेख्न पनि अगाडि बढेको हो।

  2. Arun Khadka Avatar
    Arun Khadka

    विद्वान गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *