काठमाडौं । साताको पहिलो दिन नेप्से झिनो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ विन्दुमा कायम भएको छ ।
अघिल्लो दिन बिहीबारमात्रै २९.०८ अंकले घटेको बजारमा आज ३० लाख ५६ हजार ७७५ कित्ता शेयरको खरिदबिक्री हुँदा ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा आदर्श लघुवित्त वित्तीय संस्था, मोलुंग हाइड्रोपावर, कालिञ्चोक दर्शन र तारागाउँ रिजेन्सी होटल रहेका छन् ।
त्यस्तै सर्वाधिक घाटामा भने एसियन हाइड्रोपावर, एनआइसी एसिया बैंक, शिवम सिमेन्टस र हिमालयन डिस्टिलरी लिमिटेड रहेका छन् ।
त्यसैगरी उपसमूहतर्फ रहने १३ समूहमध्ये आज ४ वटा समूहको शेयर मूल्य बढेको छ भने बाँकी ९ वटाको शेयर मूल्य घटेको छ ।

Leave a Reply