मनसुनजन्य विपत्तिको तयारीमा लाग्न सरकारलाई सांसद सापकोटाको ध्यानाकर्षण (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले मनुसुनजन्य विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि पूर्वतयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्ला जोखिमयुक्त रहेको चर्चा गर्दै यसबारे समयमै निर्णय लिन आग्रह गरेका हुन् ।

उनले भने, ‘गृह मन्त्रालयको तथ्यांक अनुसार गत साल मनसुनजन्य विपदका घट्ना बाट ११९ जनाले ज्यान गुमाउनु पर्यो भने २३०३ घरपरिवार प्रत्यक्ष प्रभावित हुन पुगे । नेपालमा मनसुन जेठको अन्तिम बाट सुरू भएर भाद्रको अन्तिममा सकिन्छ । यो चार महिनाको अवधीमा करिव ४० प्रतिशत विपदका घटना घट्ने गर्छन । हामीमा विपद पश्चात राहत र उद्धारमा जानेको लर्को लाग्छ । पूर्व तयारीमा हाम्रो पर्याप्त ध्यान पुगेको छैन ।’

सिन्धुपाल्चोक जुन विपदको दृष्टिले उच्च जोखिमयुक्त जिल्लामा पर्दछ सो लगायत अन्य जोखिमयुक्त जिल्लाहरुमा विपद पूर्व तयारी, प्रतिकार्य, पुनर्निर्माण गर्न जिल्लामा स्रोत साधन सहितको विपद यूनिट राख्न माग गरे।

‘जोखिमयुक्त वस्तीहरुलाई अस्थाई रूपमा बर्षात अगाडी नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न अविलम्व कार्य अगाडी बढाई सम्भावित मानविय र भौतिक क्षति न्यूनीकरण गर्न सकिन्छ’ उनले भने, ‘विशेष गरी विपद बाट महिला, बालबालिका, अपांगता भएका र जेष्ठ नागरिक बढी प्रभावित हुने हुदा यसको संवेदनशीलतालाई गम्भीर रूपमा लिन अनुरोध गर्दछु ।’

वर्षात अगाडी नै उच्च जोखिमयुक्त पालिकाहरुका रणनीतिक बिन्दुहरुमा खाद्य तथा गैरखाद्य सामाग्री खरीद गरी भण्डारण गर्ने व्यवस्था मिलाउन माग गरे।

उनले भने, ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना कार्यलाई गती दिन सकेको छैन । मेरो जिल्ला सिन्धुपाल्चोक लगायत अधिकांश बाढी पहीरो प्रभावितहरु २ बर्ष बितिसक्दा पनि अस्थाई टहरामा नै बसेका छन् । त्यसैले क्षती भएको १ बर्ष भित्र आवास पुनर्निर्माण तथा पुनर्स्थापना सक्ने गरी कार्य गर्न प्राधिकरणको बिशेष ध्यान आकर्षण गर्दछु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *