थ्रेसर लगाउने क्रममा एक महिलाको मृत्यु

रुपन्देही । कपिलवस्तुको बाणगंगा नगरपालिका १ बठनपुरमा थ्रेसर लगाउने क्रममा एक महिलाको मृत्यु भएको छ ।

गहुँ थ्रेसिङ गर्ने क्रममा बाणगंगा नगरपालिका ४ गजेहडाकी ५० वर्षीया पार्वती नेपालीको मृत्यु भएको हो । बिहीबार दिउँसो करिब ३ बजे आफ्नै खेतमा थ्रेसर लगाउने क्रममा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीका अनुसार लु ४ त ३३७७ नम्बरको ट्याक्टरमा जडित थ्रेसरको पुल्लीमा हात परेपछि उनको मृत्यु भएको हो ।

ट्याक्टर चालक बाणगंगा नगरपालिका ११ हथौसा निवासी राजकुमार थारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *