नेकपा एसका ललितपुरका नेताहरू एमालेमै फर्किए (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादी ललितपुरका नेताहरू एमालेमै फर्किएका छन्। पार्टी कार्यालय च्यासलमा भएको कार्यक्रममा नेताहरूलाई महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे।

एमालेमा फर्किनेहरूमा नेकपा एस जिल्ला कमिटी सचिव सुदर्शन मिश्र, केन्द्रीय निर्वाचन विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य शिलग्राम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, रानुमैया कार्कीलगायत ३९ जना छन्।

नेताहरूलाई पार्टीमा स्वागत गर्दै कम्युनिष्ट आन्दोलनको रक्षाका लागि माओवादीसँग पार्टी एकता गर्दा समेत असफल बनाइएको बताए। उनले एमालेले संविधान नमान्ने भनेर भ्रम फैलाएको समेत जिकिर गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *