सुनसरीको बर्जु गाउँपालिकाका इञ्जिनियर २० हजार रुपैयाँ घूससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिएको आरोपमा सुनसरीको बर्जु गाउँपालिकाका इञ्जिनियर अजयकुमार मेहतालाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले सोमबार २० हजार रुपैयाँ घूस लिएको आरोपमा मेहतालाई पक्राउ गरिएको जनाएको छ । उनी विराटनगर महानगरपालिका–५ बाट पक्राउ परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Comments

One response to “सुनसरीको बर्जु गाउँपालिकाका इञ्जिनियर २० हजार रुपैयाँ घूससहित पक्राउ”

  1. ksp pyl Avatar
    ksp pyl

    राम्रो अपरेशन गर्नु वडाअध्यक्ष, मेयर, प्रशासकीय प्रमुख, ईन्जिनियर घुसमा नसमातिने विरलै पालिका होलान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *