ओलीलाई माधव नेपालको सन्देश- मति सप्रिन्छ भने मिलेर जान समस्या छैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिए मिलेर जान सकिने बताएका छन् ।

काठमाडौंमा आयोजित सम्पादकहरूसँगको छलफलमा उनले आफूहरू सबैलाई समाप्त पारेर जानुपर्छ भन्ने पक्षमा नरहेको बताए ।

‘हामीले पनि यो कम्युनिष्ट आन्दोलनलाई विगतमा पनि नयाँ ढंगले अगाडि बढाएका हौं । अहिले पनि हामी त्यसमा अडिक छौं’, उनले ओलीलाई लक्षित गर्दै भने, ‘हाम्रो पार्टीको महत्वलाई सबैले विस्तारै महसुस गर्न थालेका छन् । हिजो यसको महत्व केही पनि छैन भन्नेहरूले नै विस्तारै चासो राखेर सोधिखोजी गर्न थालेका छन् । यो पनि खुसीकै कुरा हो ।’

विचार, नीति, दृष्टिकोण र भावनामा मिलेर एकैठाउँमा बसेर काम गर्न समस्या नहुने उनको भनाइ छ ।

उनले भने, ‘कसैमा सद्बुद्धि आउँछ भने, मति सप्रिन्छ भने, मिलेर जानुपर्छ भन्ने मान्यता राख्छन् भने खुसीकै कुरा हो । तर, विचार, नीति, दृष्टिकोण र भावनामा मेल हुनुपर्‍यो । अनि सबै वचन र कर्ममा मेल, एकता हुनुपर्‍यो । सबै कुरा भयो भने मिलेर जान नसकिने कुरै छैन । हामी कसैलाई पन्छाउने, समाप्त पार्ने र बहिष्कृत गरेर जानुपर्छ भन्ने मान्यता राख्दैनौं ।’

Comments

4 responses to “ओलीलाई माधव नेपालको सन्देश- मति सप्रिन्छ भने मिलेर जान समस्या छैन (भिडिओ)”

  1. Nepali Avatar
    Nepali

    सर्वप्रथम त काग्रेशको हनुमानको मति सुध्रिनु पर्छ।

  2. डा. शमोला भुसाल Avatar
    डा. शमोला भुसाल

    अहिलेसम्म काङ्ग्रेसको सेवा गर्नुभयो। जे.एन. लाई राष्ट्रपति बनाएको भए के हुन्थ्यो? आफ्नो मति, सद्भाव पलाएको भए हुन्थ्यो नि ! अब ५ वर्ष पछि काङ्ग्रेस सितै मिलेर वा पार्टी एकता गरेर जाने होला। के को लागि मिल्ने हो स्पष्ट दृष्टिकोण राख्नु होला। तपाईंले कुण्ठा पाल्नु भएको छैन कसरी पत्याउने?

  3. Shiva G Avatar
    Shiva G

    मति हजुर कै सप्रोस , नाम “कम्युनिस्ट पार्टी” छ, कार्यनीति “भाइ काङ्रेस” छ …

  4. ksp pyl Avatar
    ksp pyl

    काँग्रेसको सेवक र दिल्लीको एजेण्टहरूलाई एमालेले भित्र्याउने कामै छन । अब सकिन लागेकोलाई किन बचाईदिने ? ७४ मा सकिन लागेको माओवादी बोकेर के भयो ? ५४ मा पार्टी फुटाउने बामदेवलाई ५८ मा एमाले भित्र्याएर के भयो ? त्यसैले यस्ता एजेण्टहरूलाई पार्टीमा भित्र्याएमा फेरि संगिन घडीमा पार्टीलाई धोका दिन्छन् । असल कार्यकर्ता भित्र्याउ । नेता होईन । पार्टी फुटाउनेको के हालत हुँदोरहेछ भनेर सिपि माधवलाई हेरेर भनुन न जनताले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *