नेकपा एस, जसपा र लोसपाको मन्त्रालय टुंगियो- को को बन्दै छन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज केही मन्त्री थप्दैछन् । गठबन्धनका दलसँग उनले मन्त्रीको नाम एक बजेसम्म मागेका छन् । आजै दिउँसो ३ बजे थपिएका मन्त्रीको शपथ गराउने गरी गृहकार्य थालिएको छ ।

गठबन्धनका दलहरूले यसअघि मन्त्रीको भागबन्डा टुंग्याइसकेका छन् ।

सरकारमा सहभागी हुने ९ दलमा कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भइसकेको छ ।

यद्यपि केही दललाई मन्त्रालय बाँडफाँटको विषय अझै केही टुंगिन बाँकी हुँदा मन्त्रिमण्डल विस्तारमा विलम्ब भएको बताइएको छ ।

कांग्रेसले रक्षा, अर्थसहितको मन्त्रालय पाउने निश्चित भइसकेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसबाट ८ जना मन्त्री बन्नेछन् ।

२ मन्त्रालय पाएको नेकपा एसबाट भौतिक पूर्वाधारमा प्रकाश ज्वाला र कृषि मन्त्रालयमा बेदुराम भुसाल जाने निश्चित भएको पार्टीनिकट स्रोतले बताएको छ । यसअघि भौतिकमा रहेका नारायणकाजी श्रेष्ठलाई गृह पठाउने तयारी छ ।

लोसपाका शरदसिं भण्डारी श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् ।

जसपाले शिक्षा र वन मन्त्रालय पाएको अध्यक्ष उपेन्द्र यादवले बताए कसलाई पठाउने भन्ने टुंगो लाग्न बाँकी रहेको उनको भनाई छ ।

Comments

One response to “नेकपा एस, जसपा र लोसपाको मन्त्रालय टुंगियो- को को बन्दै छन् मन्त्री ?”

  1. डा. शमोला भुसाल Avatar
    डा. शमोला भुसाल

    एउटा दार्शनिक घनश्याम भुसालले कृषि बाट समाजवाद ल्याए भने अर्का भर्खरै उपाध्यक्ष मनोनित गरिएका एस बेदुराम भुसाल पुनः कृषि मन्त्री। भ्याउने भयो एस भन्नेले पनि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *