चिनियाँ राष्ट्रपति सीलाई युक्रेन भ्रमणको निम्तो दिने तयारीमा जेलेन्स्की

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चीनफिङलाई युक्रेन भ्रमणको निम्तो दिने तयारी भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

अमेरिकी समाचार संस्था एपीसँग कुराकानी गर्दै उनले यस्तो बनाएका हुन् । ‘हामी उहाँ (सी)लाई यहाँ देख्न आतुर छौँ’ बुधवार प्रकाशित अन्तर्वार्तामा जेलेन्स्कीले भनेका छन्, ‘म उहाँसँग कुरा गर्न चाहन्छु। युद्ध अगाडि मेरो उहाँसँग सम्पर्क थियो। पछिल्लो एक वर्ष सम्पर्क हुन पाएन ।’

सीको प्रस्तावित युक्रेन भ्रमणको समाचार रुसी सरकारी मिडियामा प्राथमिकताका साथ प्रकाशन भएको छ।

गत मार्च २० देखि २२ (चैत ६ देखि ८)सम्म सीले रुसको राजकीय भ्रमण गरेका थिए । युक्रेन युद्धको एक वर्ष पुगेको दिन गत फेब्रुअरी २४ (फागुन १२)मा चीनले युक्रेन—रुस तनाव अन्त्यका १२ बुँदे शान्ति प्रस्ताव ल्याएको थियो।

मस्को भ्रमणमा पुटिनसँग सीले औपचारिक र अनौपचारिक कुरा गरेपछि पुटिनले किभ र अमेरिका तयार भए आफू पनि शान्ति प्रस्तावमा तयार भएको बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *