रुपन्देही । गुल्मीको धुर्कोट गाउँपालिकाका दुई वडामा बोकापाठामा तीन महिने संगिनी सुई लगाएको पाइएको छ ।
सोमबार गाउँपालिकाले सूचना नै निकालेर त्यसरी संगिनी सुई नलगाउन सचेत गराएको छ ।
सो गाउँपालिकाको वडा नम्बर १ को नयाँ गाउँमा र वडा नम्बर ७ को बाग्लामा बोका पाठाहरूलाई गर्भनिरोधका लागि महिलालाई लगाइने तीन महिने सुई लगाइएको जानकारी आएको गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ज्ञानुराम पन्थीले सूचनामा जनाएका छन् । उनले आइन्दा यसरी सुई नलागाउन समेत सचेत बनाएका छन् ।
पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले तीन महिने सुइृ लगाएको बताइएको छ ।
आगामी दिनमा यसरी सुई लगाए कानुनअनुसार कारबाही गरिनेसमेत सूचनामा चेतावनी दिइएको छ ।


Leave a Reply