सुजाता कोइरालाका पूर्व पीए केशव दुलाल पक्राउ

काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने नाममा ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाका पूर्व पीए केशव दुलाल पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार मोरङको पथरीका दुलाललाई पक्राउ गरेको हो। दुलालसहित ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङ पक्राउ परेका छन्।

हालसम्म ८१ जना पीडितले उजुरी दिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले जानकारी दिए। अमेरिका पठाइदिने नाममा एक जनासँग २० देखि ४० लाख रुपैयाँसम्म उठाइएको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *