राहुल गान्धीको ट्विटर बायो : ‘अयोग्य सांसद’

काठमाडौँ । भारतीय प्रतिपक्षी दलका नेता राहुल गान्धीले आफूलाई ‘अयोग्य सांसद’ भनेका छन् । आफ्नो सामाजिक सञ्जाल ट्विटरको बायोमा गान्धीले यस्तो लेखेका हुन।

मोदीलाई गाली गरेको नाममा परेको मुद्दामा अदालतबाट सांसद पद खारेज गरिइएका नेता गान्धीले विरोध र व्यङ्ग्य स्वरूप यस्तो लेखेको बताइएको छ।

चार वर्ष अगाडिको गान्धीको अभिव्यक्तिलाई लिएर परेको मुद्दामा गान्धीको सांसद पद खारेजको फैसला सुनाइएको थियो।

गत शुक्रवार भारतको तल्लो सदन लोकसभा सचिवालयले गान्धीको संसद् सदस्यता खारेज भएको सूचना सार्वजनिक गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *