१३ सहसचिवसहित २२ जना सीडीओको सरुवा, काे कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले केही सहसचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

गृहमन्त्रीकाे जिम्मेवारीमा सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयमा जगेडामा रहेका केही सहसचिव र उपसचिवको सरुवा गरेका हुन् ।

सरुवा तथा पदस्थापन सूचीअनुसार भर्खरै मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालय सरुवा भएर केहि समयदेखि जगेडा बस्दै आएका सहसचिव रुद्रसिंह तामांगको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।

सूची अनुसार सहसचिव मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जय कुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, वेदप्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्युठान र रामकुमार महतोलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

यस्तै थानेश्वर गौतमलाई धनकुटा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अनिता निरौलालाई जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी, धनकुटाका लीलाकुमारी केसीलाई पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारीमा (काज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण), दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रमुख जिल्ला अधिकारी, रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गर्दै काजमा एनडीआरआरएमा काज राखिएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीलाई सहायक प्रमुख जिल्ला अधिकारी दोलखा, पर्वतका प्रमुख जिल्ला अधिकारी चित्रांगत बराललाई बागलुङको सहायक प्रमुख जिल्ला अधिकारी, बागलुङका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतको सहायक प्रमुख जिल्ला अधिकारी र प्युठानका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

Comments

One response to “१३ सहसचिवसहित २२ जना सीडीओको सरुवा, काे कहाँ पुगे ? (सूचीसहित)”

  1. ksp pyl Avatar
    ksp pyl

    दाम खाएर सरूवा गर्न पल्किएको देखियो सरकार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *