गायक टंक तिमिल्सेनाको गीत मेरी चम्पा करोड क्लबमा (भिडियो)

काठमाडौं । युवा गायक टंक तिमिल्सेनाको गीत करोड क्लबमा पुगेका छ । समाचार तयार पार्दासम्म उक्त गीत युट्युवमा १ करोड ३० लाख भन्दा बढीले हेरिसकेका छन् । नयाँ प्याटर्नमा गाइएको गीत २ महिना अघि अर्थात गत पुष २९ गते गायक तिमिल्सेनाकै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

लिरिक्स र संगीत पनि गायक तिमिल्सेनाकै रहेको गीतको म्यूजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् । गीतमा नृत्य तथा अभिनय गायक तिमिल्सेनासँगै, निर्देशक चौहान र सुस्मा मगरको रहेको छ । राजाराम सिम्खडा सहायक निर्देशन रहेको गीत छायांकन प्रकाश खड्का, सम्पादन मिलन विश्वकर्मा र सारंगी हेमन्त कान्छा रसाइलीको रहेको छ ।

गीतका शब्द
सोर्गैकि अप्सरा आज भूइमा झरी
लजाउदै लजाउदै मेरै छेउमा सरि

झपक्कै मिल्याको जिउडाल चरी हैकी परि
च्याप्प समाई काख मा राखु लाग्दो घरि घरि ,

पिपल पाते ओठ माथि ूमेरी चम्पा, पुक्क पुक्क गाला
हात समाई साथ छोड्न्या छैन मेरी चम्पा, गया परान जाला

गाजलु बिर्सेउकि बिर्सेउ कालो टिका
ति सोझा परेली भाछन फिका फिका

लाज झिक्कै लग्याको रैछ नजर अन्तै गयो
झ्याप्प मलाई छोयो ज्यानले कसो कसो भयो,

कुक्क कुक्क बडुल्किमा मेरी चम्पा, सौराइ लागि तेरी
एउटै चिन्ता लाग्दो मलाई मेरी चम्पा, कैल होल्ली मेरी

त्यो मलिन मुहारमा आउन लाछ पिम्पल
यस्तै हो चाहियको मलाई सिम्पल सिम्पल

छम छम बजाई हातका चुडी लुटेउमेरो मन
लुकी लुकी सपनीमा कैले आउछौ भन

सुस्त सुस्त बोलि उनको, मेरी चम्पा छम छम हातका चुडी
एति राम्री अप्सरालाई मेरी चम्पा, भन्न पाइयोस बुडी

गायक तिमिल्सैनाको करोड क्लबमा प्रवेश गरेको यो तेस्रो गीत हो । करोड क्लवमा पुगेका विभिन्न गीतमा उनले ६ वर्ष अघि सार्वजनिक भएको सम्झना भण्डारी र उनको स्वर रहेको चल्यो बतास बोलको गीत युट्युवमा अहिलेसम्म सबैभन्दा बढी २ करोड ६४ लाख २५ हजार भन्दा बढीले हेरिसकेका छन् ।

सबैभन्दा पहिले करोड क्लवमा प्रवेश गरेको ७ वर्ष अघि सार्वजनिक भएको रजनी लामा र तिमिल्सेनाको मिठो बोलीले बोलको गीत १ करोड १२ लाख २६ हजार भन्दा बढीले युट्युवमा हेरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *