सरकारलाई राष्ट्रियसभाको निर्देशन- दलित समुदायमाथिको विभेद अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्नू

काठमाडौं । सरकारलाई राष्ट्रियसभाले दलित समुदायमाथि हुने विभेद अन्त्य गर्न निर्देशन दिएको छ । दलित समुदायमाथि विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न राष्ट्रियसभामा पेश भएको संकल्प प्रस्ताव स्वीकृत गरेसँगै सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

संकल्प प्रस्तावमाथिको छलफलपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले दलित समुदायको विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, समानता र सांस्कृतिक न्याय सुनिश्चित गर्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गरे ।

उनले संकल्प प्रस्ताव राष्ट्रियसभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन समेत दिए। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पनि संकल्प प्रस्तावमा भएका विषयलाई कार्यान्वयन गर्न आफू तयार रहेको बताएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *