राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिएको भएको छ ।संसदमा  सम्बाेधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए ।

प्रधानमन्त्री प्रचण्डलाई अहिले राप्रपाको विश्वासको मतको आवश्यक नभए उनले बताए । हिजो अस्ति नै फरक मत राखेर हामी तपाईंसँग रहेनौं है भनेर हिडेको आजको आजै विश्वासको मत दिन सकेनौं ।

अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहाल प्रचण्डमाथि व्यंग्य गरेका छन्। नियुक्त भएको तीन महिना नपुग्दै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लागेपछि कटाक्ष गरेका हुन्।

प्रचण्डलाई कटाक्ष गर्दै भने, ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ। दुई महिनामा दुईदुई चोटी विश्वासको मत लिने मौका प्राप्त गर्नुभएको छ। बैशाख १५/२० तिर फेरि यस्तै दिन नआओस् म कामना गर्न चाहन्छु।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *