विष्णु पौडेललाई देवेन्द्रको जवाफ- संसद विघटनलाई बहादुरी ठानेपछि समीकरण फेर्‍यौं (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनलाई बहादुरी ठानेपछि आफूहरुले राजनीतिक समीकरण फेरेको बताएका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डलाई पुस १० गते भएको सहमति किन तोडेको भनेर प्रश्न गरेपछि उनले त्यसको जवाफ दिएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नेकपा एमालेसँग मेरो एउटा अनुरोध छ । यो सदनको पहिलो पार्टी नेपाली कांग्रेस हो भन्ने कुरा तपाईंहरुले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ । दोस्रो दललाई सहमति चाहियो, पहिलो दललाई समेत सहमति गरेर अघि बढौं भन्ने कुरा गलत थियो ? इतिहासको कठघरामा उभिएर जवाफ दिन तयार छौं । सहमति देशका चुनौतीलाई समाधान गर्न खोजिन्छ । विगतको कुरालाई पुनरावृत्ति गरेर सहमति थिएन, छैन र हुँदैन ।’

इतिहासको सम्मान गर्दै गल्ती सच्याएर अघि बढ्नुपर्ने उनले बताए । ‘दुईदुई पटक संसद विघटन गर्न पाइने कुरा संविधानको कुन धाराअनुसार गरियो ?’, उनले प्रश्न गरे ।

सर्वोच्च अदालतबाट करेक्सन गरेको विषयलाई बहादुरी ठान्दा आफूहरुले समीकरण फेरेको उनले बताए ।

Comments

3 responses to “विष्णु पौडेललाई देवेन्द्रको जवाफ- संसद विघटनलाई बहादुरी ठानेपछि समीकरण फेर्‍यौं (भिडिओ)”

  1. nagendra Avatar
    nagendra

    सम्सद र साम्सद नालायक भए, लगाम के हो !?
    ===========================
    ‘एमाले भनेको सम्सद बिघटनकारी हो ‘ भन्ने तथ्य स्थापित गर्ने गरी जुन दाउपेचको खेल खेलियो, यो चाँही काङ्रेसले पहिले पहिले ’कम्युनिस्ट आए ६० बर्षका बुढापाका मार्छ ‘ भनेर तर्साए जस्तै हो !!
    पहिले काङ्रेशले कम्युनिस्ट छेक्न प्रयोग गर्थ्यो तो हतियार अनी काङ्रेशहरु ( दाई र भाई काङ्रेस) मिलेर एमाले माथि धुरिए !!
    ‘सम्सद बिघटन’ सम्सदिय ब्येवस्था भएका मुलुक कहाँ हुन्न !? त्यो वाध्यकारी उपाय हो, जब सम्सद र साम्सद बेकामे र बिकाउ माल बन्छन !!
    के चुनाव भनेको साम्सदलाई ५ बर्से सरकारी जागिर स्थाइ गरिदिने ब्येवस्था मात्र हो !? के त्यो भोट तिनिहरुलाई देश बेच्न तिनलाई दिएको लाइसेन्स हो ( सरकार बनाउने क्ष्यमता नभएको सम्सद र परमादेशले बनेको सरकार बने पछी देशघाती MCC, नगरिकता बिधेयक, SPP जस्ता राष्ट्रघाती काम बाहेक के भए, देशलाई चराम संकटमा धकेल्ने बाहेक के गरे !?) नालायक साम्सदलाई लगाम कस्ले लगाउने !? No Not Again किन भने मान्छे ले !?

  2. गोकुल लामिछाने Avatar
    गोकुल लामिछाने

    बहाना अनेक गरेका हुन यि भारतीय दलाल हरु र यि ज्यान मारा हरु ले , जति गरे नि एमाले लाइ हराउन नसकेपछि यिनि हरु ले एमाले र ओलि माथि भारतीय को डिजाइन बर्बरता पुर्ण आक्रमण जारि राखेका छन तर अब नेपाली जनता हरु ले यिनि लेण्डुप हरु लाइ बाँकी राख्ने छैनन्।

  3. ksp pyl Avatar
    ksp pyl

    एमालेसँगको गठबन्धन तोडछस् कि जनयुद्वकालमा दिल्ली र नोयडामा बसेर गरेका कर्तुत सार्वजनिक गरिदिउँ भनेर लिल्लीले प्रचण्डलाई धम्काए पछि प्रचण्डले अब बर्वाद हुने भो भनेर बच्नको लागि गठबन्धन तोडेको हो । देवेन्द्रजस्ता नालायकले भनेर हुन्छ ? यसले शिक्षा मन्त्री भएको बेलामा किताव नछापेर अहिलेसम्म सरकारी स्कुलका हजारौ विद्यार्थीले किताब नै पाएका छैनन ।यस्ता नालायकलाई बोल्न लाज छैन ? अनि दलाल मिडिया यसेता दलालका कर्तुत किन बाहिर ल्याउदैनन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *