मेलम्ची भ्याली क्याम्पसमा वाम विद्यार्थीको प्यानल विजयी

काठमाडौं । मेलम्ची भ्याली क्याम्पस हेलम्बु गाउँपालिका ४ मा सम्पन्न स्ववियु निर्वाचनमा वामपन्थी विद्यार्थीहरुको संयुक्त प्यानल विजयी भएका छन्।

सभापतिमा एमाले निकट अनेरास्ववियुका पवनकुमार लामिछाने ७० मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेविसंघका रणजित कार्कीले ५१ मत मात्रै ल्याए।

यस्तै, सचिवमा अखिल क्रान्तिकारीका राजन गिरी ७२ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी आइती तामाङले ४९ मत मात्रै ल्याइन्।

यस्तै, कोषाध्यक्षमा नेकपा एकीकृत समाजवादीका प्रदिप गुरागाईं ७२ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नेविसंघकी भावना लामिछानेले ४९ मत मात्रै ल्याइन्।

सदस्यमा गोकुल लामिछाने ७१, सरिता जोती ६८ मत ल्याएर विजयी भए। सुन्तली तामाङ निर्विरोध भइन्। सदस्यमा निर्वाचित भएका तामाङ र ज्योति अखिल क्रान्तिकारीकी हुन् भने लामिछाने एमाले निकट अनेरास्ववियुका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *