पुटिनको पक्राउ पूर्जी ट्वाइलेट पेपर जस्तै हो: पूर्व रुसी राष्ट्रपति मेदभेदेव

काठमाडौ‌ं । पूर्व रुसी राष्ट्रपति तथा रुसी सुरक्षा परिषदका उपाध्यक्ष दिमित्री मेदभेदेवले हेगको अन्तर्राष्ट्रिय न्यायालयले पुटिनलाई जारी गरेको पक्राउ पूर्जी ट्वाइलेट पेपेर जस्तै भएको बताएका छन् ।

अमेरिका, रुस, चीन, भारत, टर्की,साउदी अरेबिया देखि इजरायल जस्ता कयौं देशले मान्यता नदिएको अन्तर्राष्ट्रिय न्यायालयको फैसलाले अर्थ नराख्ने मेदभेदेवले बताएका छन् ।

रुसी सरकारी मिडिया आरटी च्यानलका अनुसार हेगको अदालतको फैसलाले पश्चिमा संस्थाहरुको स्वस्विनाशको उदाहरण देखाएको मेदभेदेवले टिप्पणी गरेका छन् ।

शुक्रबार हेगको अन्तर्राष्ट्रिय न्यायालयले युक्रेन युद्धमा बालबालिकालाई गरिएको हिंसाको नाममा पुटिनले मानवतावाद विरुद्धको अपराध गरेको भन्दै पक्राउ पूर्जी जारी गरेको थियो। हेग अदालतको न्यायक्षेत्रमा नजोडिएको युक्रेनले पनि पुटिन विरुद्धको फैसलाको स्वागत गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *