सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद विस्तार एवम् प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, नेपाल समाजवादीका डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीक रञ्जिता श्रेष्ठ, जनतमत पार्टीका सीके राउत तथा प्रभु शाहलगायतको रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *