पीएन क्याम्पस स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन) स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यालयमा विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन् ।

कर्मचारीले विद्यार्थीहरूको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले संयुक्त रुपमा ढोकाको विज्ञप्ति टाँसेर तालाबन्दी गरेको हो ।

‘पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाता नामावलीको प्रकाशनको सन्दर्भमा अन्तिम टुङ्गो नहुँदै केही अमुक विद्यार्थी संगठनलाई मतदाता नामावली पत्रमा निर्वाचनलाई प्रभावित पार्ने गतिविधि स्ववियु निर्वाचन समितिबाट नै गरिएको कुरामा गम्भिर शंका भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अखिल क्रान्तिकारी पिएन क्याम्पसका अध्यक्ष काशिराम पौडेल, अखिल क्रान्तिकारी अध्यक्ष सचिन पौडेल, विप्लवनिकट अखिल क्रान्तिकारी अध्यक्ष विवेक अधिकारी र अखिल क्रान्तिकारी संयुक्तका अध्यक्ष गगन परियारले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *