राष्ट्रपति राजसंस्थाको निरन्तरता जस्तै भयो, त्यो हामीले भंग गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति राजसंस्थाको निरन्तरताजस्तै भएको टिप्पणी गरेका छन्।

राष्ट्रपतिका लागि मतदान गरेर फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘राजसंस्थाको जुन परम्पराको अभ्यास भयो। त्यसबाट यसलाई अलग गर्नुपर्छ। त्यो दोष राष्ट्रपतिलाई दिएर हुँदैन। हामीले बनाएको नियम कानुन हो। तर, हामीले कता कता राजसंस्थाको निरन्तरता छ है भनेको जस्तो आभास भयो। यो क्रमलाई हामीले भंग गर्नुपर्छ।’

राष्ट्रपतिले संविधानको रक्षा र पालना गर्ने कुरामा ध्यान दिनुपर्ने बताए।

राष्ट्रपतिप्रति जनताको बुझाई र आकर्षणले सिंगो व्यवस्थाप्रति धारणा बनाउने कुराले ठुलो अर्थ राख्ने उनको बुझाइ छ।

रामचन्द्र पौडेलले राष्ट्रपतिको शपथ लिएपछि मत र बचनदेखि नै पार्टी राजनीतिबाट अलग राख्नुपर्ने उनको भनाइ छ।

यस्तै, शान्ति प्रक्रियाको बाँकी टुंग्याउन सबै चुकेको स्वीकार गर्दै सकारात्मक भएर अगाडि बढाउनुपर्ने बताए। कुनै एक दलको मात्रै नभएर सबै दल एकजुट भएर लाग्नुपर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *