नारी दिवसमा एकल महिलालाई लिखु गाउँपालिको रातो पछ्यौरी सम्मान

काठमाडौं । ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको ओखलढुंगाको लिखु गाउँपालिकाले महिलाको स्वागत तथा सम्मान गरेको छ ।

गाउँपालिका ९ वटै वडाका एकल महिलाहरूलाई एकै ठाउँमा जम्मा गरेर पालिकाको तर्फबाट सम्मान गर्दै रातो पछ्यौरी र टीका लगाइएको हो ।

इच्छुक एकल महिलाहरूलाई रातो पछ्यौरी लगाइदिएर र अन्यलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष अशोक कार्कीले बताए ।

कार्यक्रमको संयोजन गरेकी गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले महिलालाई आत्मसम्मान र आत्मनिर्भरताका साथ बाँच्नका लागि गाउँपालिकाले आफ्नो सीमित साधन स्रोतको उचित परिचालन गरेर आवश्यक वातावरण मिलाइरहेको बताइन् ।

उनले सबै वडाका आमा समूहहरूलाई आवश्यक सहयोग निरन्तर दिइने भन्दै आमा समूहको भवन निर्माणका लागि पालिकाले क्रमशः बजेट विनियोजन गर्न लागेको बताइन् ।

जग्गा प्राप्तिको काम आमा समूहले गर्ने र भवन निर्माणको व्यवस्था पालिकाले गर्ने बताइन् ।

पालिकाको वडा नम्बर ६ गाम्नाङमा आयोजित कार्यक्रममा महिला सशक्तीकरणको पक्षमा लेख अनुसन्धान गर्दै आएकी पत्रकार अञ्जलि सुवेदीले महिलालाई कसरी सबल बन्नेबारे चेतनामूलक प्रशिक्षण दिएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *