श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या आएपछि त्रिभुवन विमानस्थल सुरक्षित अवतरण

काठमाडौं । भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानको एउटा इन्जिनमा समस्या आएपछि काठमाडौं फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गराइएको छ ।

इन्जिन अफ गराएर विमानलाई काठमाडौंमा नै अवतरण गराइएको एयरलाइन्सले जनाएको छ ।

त्रिभुवन विमानस्थलबाट उडेको करिब २० मिनेटमा विमान फेरि काठमाडौं फर्काइएको थियो ।

विमानमा रहेका सबै यात्रुहरू सुरक्षित रहेको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए ।

उनले इन्जिनमा आगो लागेको भन्ने खबर सत्य नभएको पनि बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *