राष्ट्रपति निर्वाचन : मतदानस्थलमा मोबाइल प्रतिबन्ध, लगे जफत हुने

काठमाडौं । आज हुन गइरहेको राष्ट्रपति निर्वाचनमा मतदाताहरूलाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाइएको छ ।

मतदाताहरूले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ ।

‘मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध छ, गोप्य मतदान भएकाले तस्बिर खिच्न पनि प्रतिबन्ध छ, यसो गरेका पाइएमा कानुन अनुसार कसुर गरेको ठहरिनेछ,’ निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने, ‘साथै, लाइटर, हातहतियारजस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि समान लैजान पाइने छैन ।’

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *