जनकपुरधाम । मधेश प्रदेसको राजधानीसमेत रहेको जनकपुरबासी र मधेसका केही भागमा आज होली मनाइँदैछ ।
पहाडी जिल्लामा सोबार र मधेसका अधिकांश भागमा मंगलबार नै होली मनाइयो । तर, जनकपुर र मधेसको केही समुदाय आज होली खेलिरहेका छन् । १५ दिने मध्यमा परिक्रमाको समापन भएको बिहानीमा होली मनाइने चलनअनुसार आज चहलपहल बढेको हो ।

जनकपुरको चोक चोकमा जोगिरा गायन र मटकाफोर कार्यक्रमको आयोजना गरिएको छ । जनकपुरमा हिन्दू-मुस्लिम समुदायका एकैठाउँ भेला भई शुभकामना साटासाट गरेर आपसी सद्भावको सन्देश दिन्छन् ।
त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।
अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले ब्रजबासीहरूले यसै दिन शव जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको पनि संस्कृति विद्हरूको भनाई छ ।

Leave a Reply