कहाँ हराए यी ३६ सहकारी ? (सूचीसहित)

काठमाडौं । धनकुटा नगरपालिकाले ३६ सहकारी संस्था बेखबर हुँदा खोजी शुरु गरेको छ । नगरपालिकाले एक महिनाभित्र सम्पर्कमा नआए खारेजीमा लैजाने चेतावनी समेत दिएको छ ।

ती सहकारी संस्थाले ३ वर्षभन्दा बढी समयदेखि लेखा परीक्षण नगरेको, साधारण सभा नगरेको र विवरण समेत नबुझाएको भन्दै एक महिना भित्र आवश्यक कागजात सहित कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको छ ।

एक महिना भित्र पनि सम्पर्कमा नआए खारेजीको प्रक्रियामा लगिने नगरपालिकाले जनाएको छ ।

सामान्यतया प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारण सभा बोलाउनुपर्ने, आर्थिक वर्ष सकिएको ३ महिनाभित्र संस्थाको कारोबारको लेखापरीक्षण गराइ वार्षिक प्रतिवेदन लगायतको कागजात पेश गर्नुपर्ने प्रावधान छ ।

ती संस्थाहरूले साधारण सभा समेत गरे नगरेको जानकारी पालिकामा बुझाएका छैनन्। त्यस्ता सहकारीलाई एक महिनाभित्र आवश्यक कागजात पेस गर्न भनेको छ।

एक महिनाको अवधिमा पनि सम्पर्कमा नआउने सहकारीलाई नगरपालिकाको सहकारी ऐनको दफा ६६ को उपदफा (३) बमोजिम संस्था दर्ता खारेजीको आवश्यक प्रक्रियामा लगिने जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *