माओवादीले अदालतमाथि हस्तक्षेप गर्न खोजेको उच्च बारको आरोप, देव गुरुङको विज्ञप्तिको भर्त्सना

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न दिनू भन्ने सर्वोच्च अदालतको आदेशविरुद्ध माओवादी पार्टीका महासचिव देव गुरुङले जारी गरेको विज्ञप्तिप्रति उच्च अदालत बार एशोसियसन पाटनले आपत्ति जनाएको छ ।

उच्च बारका सचिव रवीन्द्रकुमार ढुंगानाले विज्ञप्ति जारी गर्दै न्यायाधीशहरूको नामसमेत उल्लेख गरी न्यायपालिकाप्रति हस्तक्षेप गर्ने अभिप्रायले सर्वोच्च अदालतमा विचाराधीन विषयमा विज्ञप्ति जारी गरेको भन्दै भर्त्सना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्य संचालनको जिम्मेवार भूमिकामा रहेको राजनीतिक दलको तर्फबाट स्वतन्त्र न्यायपालिका एवं शक्ति पृथकीकरण सिद्धान्तविपरीत गैरजिम्मेवारीपूर्ण विज्ञप्ति प्रकाशन गर्नु तथा अभिव्यक्ति प्रकट गर्नु निन्दनीय विषय भएकाले घोर भर्त्सना गर्दछौं ।’

माओवादी महासचिव गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै अदालतको आदेश संविधान र शान्ति सम्झौताको मर्मविपरीत रहेको भन्दै आपत्ति जनाएका थिए । त्यसलगत्तै बसेको ९ दलीय सत्ता गठबन्धनको बैठकले पनि अदालतलाई धम्की दिने हिसाबले विज्ञप्ति जारी गरेको थियो ।

Comments

One response to “माओवादीले अदालतमाथि हस्तक्षेप गर्न खोजेको उच्च बारको आरोप, देव गुरुङको विज्ञप्तिको भर्त्सना”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    यो अपराध मा संलग्न जो कोही पनि कारबाहीको भागिदार होस् चाहे नेकपा एमाले कांग्रेस वा एस बा माओवादी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *