प्रचण्ड अस्थिर बनेर यताउति नगरेको भए यस्तो परिवर्तन हुने थिएन : हरिबोल गजुरेल (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गरेका छन् ।

बिहीबार कीर्तिपुरमा आयोजित एक कायक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियाल्दा माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तन हुन नसक्ने दाबी गरे ।

आम मानिसहरुले माओवादी केन्द्र अस्थिर भएको भनिरहेपनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने गजुरेलको तर्क छ । उनले माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रियाका कामहरु अघि नबढ्ने जिकिर गरे ।

भिडिओ

उनले माओवादी कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारी गरिरहेको उल्लेख गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने र बेपत्ताहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको बताए ।

उनले राजनीतिमा अहिले हरेक स्थानमा चुनौति रहेको भन्दै त्यसलाई चिरेर आफू अघि बढ्ने बताए । उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहाल पदका लागि सत्तामा नगएको पनि दाबी गरे ।

‘मुख्य कुरा व्यवस्था बदलियो अवस्था बदलिएन । अवस्था बदलिएको भए अर्कै उत्साहको वातावरण हुन्थ्यो । त्यो बदलिन सकिरहेको छैन । अहिले हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुन कोशिस गर्नुभयो उहाँले सफल पनि हुनुभयो’, उनले भने, ‘त्यो अरु कुनै कारण होइन, मानिसहरुले कुर्सीको लागि यता, उता भन्ने गर्दछन् तर उहाँ कुर्सी छोडेको मान्छे पनि हो । २०६४ को चुनावमा प्रत्यक्षतर्फ १४० जितेर ठूलो दल हुँदा पनि एउटा प्रकरणमा राजीनामा दिनुभयो, नछोडेको भए नि हुन्थ्यो कुर्सीप्रति मोह भए किन दिनुपर्दथ्यो, शक्तिशाली थियो ।’

उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहालले देशलाई सुशासनतर्फ लैजान नै राष्ट्रिय सहमतिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरे ।

 

Comments

One response to “प्रचण्ड अस्थिर बनेर यताउति नगरेको भए यस्तो परिवर्तन हुने थिएन : हरिबोल गजुरेल (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यहाँभन्दा के परिवर्तन गर्नु माओवादीले ? अब देश दिल्लीलाई बेच्नमात्र बाँकी छ तिम्रो प्रचण्डले । देश बेचेको दिन पनि तिमी भन्न छोडने छैनौ उनको डाइनामिज्म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *